Sat. Apr 27th, 2024

आज शेयर बजार ८ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ ।

भिओके समाचार/काठमाण्डौं, २०७९ मंसिर ७ गते बुधबार ।  आज नेप्से परिसूचक ७.७२ अङ्कले घटेर १९२१.९९ को विन्दुमा पुगेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.४५ , सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ र फ्लोट इण्डेक्स ०.३५ अङ्कले घटेको छ । आज कूल २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर एक अर्व २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँ ८३ पैसामा खरिदबिक्री भएको छ ।

आज २ वटा सूचकहरू बढेका छन् भने ११ वटा सूचकहरू घटेका छन् । आज उत्पादन तथा प्रशोधन समूह ०.८० प्रतिशत र व्यापार समूह ०.२९ प्रतिशतले बढेका छन् । नेप्से घटेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सिभिल बैंक र घलेम्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, आज जानकी फाइनान्स र पिपुल्स पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ।

आज बैंकिङ समूह ०.५० र जीवन बीमा समूह ०.२६ प्रतिशतले घटेको छ । आज  विकास बैंक समूह ०.०१ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूह ०.१६,  जलविद्युत समूह ०.५२,   अन्य समूह ०.७८ , लघुवित्त समूह ०.४१ , लगानी समूह ०.५८, निर्जीवन बीमा समूह ०.३२, र म्युचुअल फण्ड ०.३१ प्रतिशतले घटेका छन् । कारोबारमा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । आज उक्त बैंकले करिब १३ करोडको शेयर कारोबार भएको छ । त्यसैगरी, आज हिमालयन डिष्टिलरीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

Facebook Comments