Wed. Nov 20th, 2024

कैलाली निर्वाचन क्षेत्र ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी

सुदूरपश्चिम, २०७९ मंसिर ६ गते मंगलबार । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार १ सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम-लोकतान्त्रिक गठबन्धन, नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।

सो क्षेत्रमा ६३ हजार ७ सय ४० मत खसेकामा ५९ हजार ७ सय १९ मत सदर भएको छ ।

प्रतिनिधिसभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रदेशसभातर्फको मतगणना सुरु गरिएको दाहालले बताउनुभयो । जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

Facebook Comments