Mon. Nov 18th, 2024

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च : आजको बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा

भिओके समाचार, काठमाण्डौं, २०७९ कात्तिक २ गते बुधबार । नेपाली बजारमा अमेरिकी डलको भाउ आजसम्मकै सबैभन्दा उच्च स्थानमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ ।

पछिल्ला केहि दिनदेखि डलरको भाउ बढिरहे पनि आजको भाउ भने सर्वाधिक उच्च हो । नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो । डलरको भाउ आकाशिएसंगै विदेश भ्रमणमा जानेहरु, विदेशी सामान खरिद गर्नेहरु र विदेशमा अध्ययन गर्न जानेहरुलाई निक्कै ठूलो आर्थिक भार थपिएको छ । नेपाल जस्तो परनिर्भर देशका लागि डलरको भाउ बढ्नुले मुलु्कको अर्थतन्त्र झनै कमजोर भएको स्पष्ट छ ।

Facebook Comments