Tue. Nov 19th, 2024

आयल निगमले तत्काल मूल्य नघटाउने

काठमाण्डौं, २०७९ असोज ३१ गते सोमबार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन ।

तिहार छठलगायतका चाडपर्वलाई ध्यान दिएर भाउ घटाउन माग बढिरहेको छ तर निगमले विज्ञप्ति निकालेर तत्काल भाउ नघटाउने बताएको छ । भारतीय आयल कर्पोरेशनबाट नियमित मूल्य घटेर आइरहेको भए पनि निगमले पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । निगमले निकालेको विज्ञप्तिमा भारतबाट हिजो आइतवार प्राप्त नयाँ मूल्य सूचीअनुसार फेरि भाउ बढेर आएको र पुरानो घाटा रहेकोले भाउ घटाउन नसकिने उल्लेख गरेको छ ।

हिजो केही मूल्य बढेर आउँदा पनि निगमले १५ दिनमा ३९ करोड रुपैयाँ नाफा कमाएको छ । मूल्य सूचीअनुसार निमगलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा र ग्यासमा प्रतिसिलिन्डर तीन सय २५ रुपैयाँ घाटा रहेको विज्ञप्तीमा उल्लेख छ । तर निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ ५६ पैसा, मट्टीतेलमा ३८ रुपैयाँ ५८ पैसा र हवाई इन्धन आन्तरिकतर्फ ४० रुपैयाँ ७८ पैसा तथा अन्तर्राष्ट्रियतर्फ ९० रुपैयाँ ९८ पैसा नाफा छ ।

Facebook Comments