अफगानिस्तानको एजुकेसन सेन्टरमा भएको विस्फोटमा परी १९ जनाको मृत्यु
काबुल, २०७९ असोज १४ गते शुक्रबार । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको प्रहरीले जनाएको छ । सेन्टरमा कार्यरत कर्मचारीहरूका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो ।
यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका छन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । उक्त घटनाको कुनै समूहले जिम्मा लिएको छैन भने तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ । एजेन्सी
Facebook Comments