Tue. Dec 24th, 2024

सोमालियाको हिरान शहरमा सेनाद्वारा ४० आतंककारी मारिए

मोगादेसु, २०७९ असोज १४ गते शुक्रबार । सोमालियाको सेनाले बिहीबार मध्य क्षेत्रीय हिरान क्षेत्रमा गरेको कारबाहीमा अल सेबाब आतंककारी संगठनका ४० जना आतंककारीको मृत्यु भएको छ ।

राष्ट्रिय सेनाले मध्य सोमालियाको हिरान शहरमा गरेको कारबाहीका क्रममा ४० जना लडाका मारिएका र अरु केही घाइते भएका सोमाली सेनाका कमाण्डरले सोमालियाली समाचार समितिलाई जानकारी दिएको छ । उक्त कारबाहीका क्रममा अल सेबाब समूहका एकजना कमाण्डर पनि मारिएका छन् । त्यसक्रममा अल सेबाब आतंककारी संगठनका कैयौँ हातहतियार पनि कब्जा गरिएको छ।

कारबाहीको क्रममा भएको भिडन्तमा अल सेबाब संगठनका आतंककारीले सेनाका कमाण्डरलाई गोली हानी मारेका छन् । हिरान क्षेत्रमा अल सेबाबका लडाकूले विगत लामो समयदेखि आतंक मच्चाइरहेका र सोही सूचनाका आधारमा उनीहरुमाथि सेनाले कारबाही थालेको हो । एजेन्सी

Facebook Comments