Tue. Apr 30th, 2024

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा चाडपर्व लक्ष्यित विशेष सुरक्षा योजना सार्वजनिक

काठमाण्डौं, २०७९ असोज १२ गते बुधबार । प्रहरीले चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्व लक्ष्यित विशेष सुरक्षा योजनामा प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा १४ सय ६८ ट्राफिक प्रहरी खटिने एसएसपी राजेन्द्र प्रसाद भट्टले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

सवारी साधनको यान्त्रिक जाँचदेखि मापसे चेकिङ, सवारीको क्षमता लगायत जाँच हुने एसएसपी भट्टले बताउनुभएको छ । चाडपर्वमा तीव्र रुपमा सवारी साधन चलाउँदा दुर्घटना हुने सक्ने भन्दै थप ३५ स्थानमा जाँच हुने र विभिन्न नाकामा पनि प्रभावकारी रुपमा अनुगमन गरिने भट्टले जानकारी दिनुभएको छ । उहाँले नाकामा लागू पदार्थसम्बन्धी चेकजाँच पनि भइरहेको बताउनुभएको छ  ।

उहाँले २४ घण्टा नै ट्राफिक प्रहरी खटाएर चाडपर्वलाई सुरक्षित गर्ने पनि बताउनुभएको छ । त्यस्तै विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।

Facebook Comments