Mon. Nov 18th, 2024

काठमाण्डौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक

काठमाण्डौं, २०७९ असोज ५ गते बुधबार । राजधानी शहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाण्डौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड/डिजिटल बोर्ड/अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।

यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो ।

Facebook Comments