Mon. Apr 29th, 2024

काठमाण्डौंको गोठाटारमा गोली चल्यो, सर्लाहीका मोहम्मद घाइते   

काठमाण्डौं, २०७९ असोज ३ गते सोमबार । काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा गोली चलेको छ ।

केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिनुभयो । घाइतेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले बताउनुभयो ।

घटना बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।

Facebook Comments