कप्तान सन्दीप लामिछाने निलम्बित
काठमाण्डौं, २०७९ भदौं २४ गते शुक्रबार । कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । नाबालीका बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुजी जारी गरेपछि क्यानले निलम्बन गर्ने निर्णय गरेको हो ।
नुवाकोटकी १७ वर्षीय बालिकाले मंगलबार प्रहरी वृत्त गौशालामा बलात्कारको जाहेरी दिएकी थिइन् । साही जाहेरीमा आधारमा अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुजी जारी गरेको थियो । अदालतको आदेश अनुसार क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
५ खेलको टी-२० आई र ३ खेलको एक दिवसीय सिरिजका लागी नेपाली क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसको एक दिन अघि सन्दीपले काठमाडौंको एक होटेलमा नाबालीकालाई बलात्कार गरेको आरोप लागेको थियो ।
केन्या संगको ५ खेलको टी-२० आई सिरिज ३-२ ले नेपाललाई जिताउनु भएका सन्दीप जमैका तलवाजबाट क्यारेवियन प्रिमियम लिग (सिपिएल) खेल्न वेस्टइन्जि जानु भयो । सिपिएल खेल्न जानु पर्ने भएपछि उहाँले तीन एक दिवसिय खेलको सिरिज गुमाउनु भएको थियो । एक दिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको थियो । बलात्कारको आरोपमा अदालतले पक्राउ पुजी जारी गरेपछि जमैकाले तत्काल प्रभावका साथ सन्दीपलाई टिमबाट निष्कासन गरेको खबर बाहिरिएको छ । त्यस कारण उहाँ चाँडै नेपाल फर्किने सम्भावना छ ।
सन्दीपको कप्तानीमा नेपालले गत वर्ष ओमानमा टी-२० विश्वकप छनोटमा सेमिफाइनल युएईसँग पराजित हुँदै आगामी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप गुमाएको थियो । सन्दीपले नेपालबाट १४ एक दिवसीय खेलमा कप्तानी गर्दा ४ मा जित, ९ मा हार र १ मा टाई गराउनु भएको छ । टी-२० आईमा भने सन्दीपले १८ खेलमा १३ मा जित र ५ मा हार बेहोर्नु भएको छ । नौ महिना नेपालको कप्तानी सम्हाल्नु भएका सन्दीपको कप्तानी औसत रहँदै आएको थियो ।
राष्ट्रिय टिम बाहेक सन्दीपले अन्डर-१९ क्रिकेट टोली र घरेलु तथा नेपाली फ्रन्चाइज लिगहरूमा पनि कप्तानी गर्नु भएको छ । सन्दीप निलम्बनमा परेपछि नेपालको कप्तानी कसले गर्ने क्यानले स्पष्ट पारेको छैन । तर राष्ट्रिय टोलीको उपकप्तान रहेका रोहित कुमार पौडेललाई यो जिम्मेवारी दिन सकिने अनुमान गर्न सकिन्छ । सन्दीपको अनुपस्थितिमा रोहितले केन्यासँगको एक दिवसिय सिरिजमा कप्तानी गर्नु भएको थियो ।