सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे नेपाल कम्युनिस्ट पार्टी (बहुमत) आन्दोलनमा जाने चेतावनी
काठमाण्डौं, २०७९ भदौं १२ गते आईतबार । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफुहरुसंग गरेको सहमती राज्यपक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार रुपमा पेश भएको बताउनुभयो । सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै उहाँले सडक संघर्षमा जाने चेतावनी दिनुभयो ।
संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ वटा मुद्धा फिर्ता लिन नसकिने बताएको जिकिर गर्नुभयो । त्यस्तै संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताउनुभयो । अहिलको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने र दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुने उहाँले बताउनुभयो । भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै उहाँले खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी संयोजक बास्तोलाले कालो धन कमाएका सरकारका उच्च अधिकारीे मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो ।