कोरोनाले ५ जनाको मृत्यु, थप ८ सय १८ जनामा संक्रमण पुष्टि
भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २६ गते बिहीबार । पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ४ हजार ५ सय ३४ जनाको परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।
यीमध्ये २ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ जनाको एन्टीजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल सम्म ३१ हजार ७ सय ६१ जनाको कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
Facebook Comments