Sun. Nov 17th, 2024

पूर्वी चीनमा नयाँ भाइरसद्वारा ३५ जना संक्रमित

काठमाण्डौं, २०७९ साउन २५ गते बुधबार । वैज्ञानिकहरूले पूर्वी चीनमा जनावरबाट व्युत्पन्न नोभल लाङ्ग्या हेनिपा भाइरस ट्रयाक गरेका छन्  । यो भाइरसले अहिलेसम्म धेरै मानिसहरूलाई संक्रमित गरेको छ । चीनको शानतोङ र हनान प्रान्तका ३५ जना बिरामीमा नोभल लाङ्ग्या हेनिपा भाइरस (लेभी) भेटिएको छ । यो भाइरसबाट सङ्क्रमितलाई ज्वरो, थकान र खोकी जस्ता लक्षणहरू देखिएको छ । उनीहरुलाई लेभी भाइरस जनावरबाट सरेको अनुमान गरिएको छ । लेभी मानिसहरु माझ सर्न सक्छ भन्ने कुनै प्रमाण भने अहिलेसम्म पाउन सकिएको छैन ।

सिंगापुरको ड्यूक-एनयूएस मेडिकल स्कूलका वाङ लिन्फाले लेभी भाइरसका केसहरू घातक नभएको र धेरै आत्तिनु नपर्ने चीनको सरकारी ग्लोबल टाइम्सलाई बताउनु भएको छ । यद्यपि, प्रकृतिमा अवस्थित धेरै भाइरसहरूले मानिसहरूलाई संक्रमित गर्दा अप्रत्याशित परिणामहरू हुने भएकाले सतर्क हुन आवश्यक भएको वाङले व्यक्त गर्नु भएको छ ।

वैज्ञानिकहरूले लेभी भाइरस जनावरमा परिक्षण गर्दा करिब ५ प्रतिशत कुकुर र २ प्रतिशत बाख्रामा पनि पोजेटिभ देखिएको छ । वैज्ञानिकहरूले यो भाइरस जनावरहरु बाट मान्छे मा हाम फाल्न सक्ने बताएका छन् ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मानिसमा हुने हरेक चार नयाँ वा उदीयमान संक्रामक रोगमध्ये तीन जनावरबाट आउने वैज्ञानिकहरूको अनुमान छ । संयुक्त राष्ट्र संघले यसअघि नै वन्यजन्तुको बढ्दो शोषण र जलवायु परिवर्तनका कारण विश्वले यस्ता रोगहरू थपिने चेतावनी दिएको बिबिसीले जनाएको छ ।

Facebook Comments