भोट मात्र होइन
- तिला लेकाली
काठमाण्डौं, २०७९ जेठ १४ गते शनिबार ।
तिला लेकाली
भोट मात्र होइन जनता बिजयको जीत बन्नू
जन- जनको मन मुटुमा गुन्जिरहने गीत बन्नू ।।
भोकालाई खाना अनि तिर्खालाई पानी भइ
भाग्य दाता प्राण दाता मरुभूमिमा शीत बन्नू ।।
कुर्सी घुमाइ खेल खेल्न ज्वालामुखी उठेको छ
भिड भित्रै उभिएर झ्याउकिरीको झङ्कृत बन्नू ।।
अग्ला पहाड धेरै छ्न् चढ्नलाई गार्हो छ है
सिमान्तकृत अल्पसंख्यक अवलाको मीत बन्नू ।।
माटाेसँग जोडिएको एउटा नाता बिर्सिएला
तक्मा र ढाकरको क्रान्तिकारी प्रीत बन्नू ।।
-तिला लेकाली
बेलबारी,मोरङ।
Facebook Comments