काठमाण्डौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित प्रमुख बालेन्द्र साह
काठमाण्डौं, २०७९ जेठ १३ गते शुक्रबार । काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाण्डौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताउनुभएको छ ।
राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताउनुभएको हो । “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उहाँँले भन्नुुभयो ।
बिहान ९ बजे काठमाडौका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उहाँले आफ्ना समर्थकसँग विजय ¥यालीसहित सहरका विभिन्न भागको परिक्रमा गर्नुभएको थियो ।
सभागृहबाट सुरु भएको -याली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुने हुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हुँदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत भएको थियो । रासस