Mon. Nov 25th, 2024

विराटनगर महानगरको प्रमुख पदमा नागेश कोइरालाको अग्रता कायमै

काठमाण्डौ, २०७९ जेठ ३ गते मंगलबार । विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ७ हजार १ सय २५, नेकपा (एमाले) का सागर कुमार थापाले ५ हजार ४ सय ६ र स्वतन्त्र उम्मेदवार ९लाल्टिन०का उमेश कुमार यादवले २ हजार ४ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले) की शिल्पा निराला कार्कीले ६ हजार १ सय ७७, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ४ हजार ७७, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले १ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै विराटनगर-१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो । विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी हुनुभएको छ । महानगरमा १९ वडा रहेका छन् ।

Facebook Comments