Fri. Sep 20th, 2024

स्थानीय तह निर्वाचन : देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाण्डौ, २०७९ बैशाख १७ गते शनिबार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनुभभयो ।

उहाँले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेर सकिएको बताउनुभयो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

Facebook Comments