Sat. Nov 23rd, 2024

काठमाण्डौं महानगर प्रमुखका उम्मेदवार सिर्जना सिंहको सङ्कल्पपत्र सार्वजनिक

काठमाण्डौ, २०७९ बैशाख १५ गते बिहीबार । नेपाली काँग्रेसकी नेतृ एवं आगामी स्थानीय निर्वाचनका लागि काठमाण्डौं महानगरपालिकामा सत्ता साझेदार दलहरुको तर्फबाट साझा उम्मेदवार सिर्जना सिंहले आज आफ्नो संकल्प पत्र सार्वजनिक गर्नुभएको छ ।

आफ्नो चुनावी संकल्प प्रस्ताव सार्वनजिक गर्नुहुँदै नेतृ सिंहले काठमाण्डौं महानगरपालिकाको फोहोर व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले महानगरको फोहोर भान्छाबाट नै नयाँ ढंगले व्यवस्थापन गरिने बताउनुभएको छ । घरघरबाट निस्केको फोहोरलाई घरमै व्यवस्थापन वा प्राङ्गारिक मल उत्पादन गर्ने नयाँ प्रविधि ल्याइने उहाँको भनाइ थियो ।

नेतृ सिंहले महानगरका बृद्दबृद्दालाई मन भुलाउने र रमाइलोसँग दिन बिताउन सार्वजनिक स्थानमा पार्कहरुको व्यवस्था गरिने बताउनु भएको छ ।

उहाँले युवा र वेरोजगारहरुलाई लक्षित गरी नयाँ कार्यक्रम ल्याइने र गृहणी महिलाहरुको योगदानलाई महानगरपालिकाको आयआर्जनसँग जोड्ने प्रतिवद्दता पनि जनाउनुभएको छ । आफ्नो घोषणा पत्रमा मेयर पदकी उम्मेदवार सिंहले काठमाडौँको सडक सफा र हराभरा बनाउने योजनासमेत उल्लेख गर्नुभएको छ । यसका साथै सार्वजनिक यातायातको सहज र सुरक्षित यात्रालाई सुनिश्चित गरिने प्रतिवद्दता पनि उहाँले व्यक्त गर्नुभएको छ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौं महानगरपालिका भित्रको अस्तव्यस्ततालाई हटाउनुपर्ने पहिलो प्राथमिकता भएको र अब महत्वाकांक्षी योजना भन्दा प्रत्यक्ष स्थानीयलाई सहयोग पुग्ने काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँले पार्टीका सबै पंङ्तिलाई एकताबद्द भई निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन अपिल पनि गर्नुभयो । नेपाल टेलिभिजन

Facebook Comments