Sat. Sep 21st, 2024

गठबन्धनविरुद्ध परेका उम्मेदवारी फिर्ता गर्ने सत्ता साझेदार दलहरुको बैठकको निर्णय

फाईल फोटो

काठमाण्डौ, २०७९ बैशाख १४ गते बुधबार । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठकले गठबन्धन विपरीत दर्ता भएका उम्मेदवारको उम्मेद्वारी फिर्ता गर्ने निर्णय गरेको छ ।

६ वटा महानगरपालिका र ११ वटा उप-महानगरपालिकामा मनोनयन भएका गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्ने र अन्य स्थानीय तहमा पनि गठबन्धनको भावना विपरीत भएका उम्मेदवारी दर्ता सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको हो ।

यसका साथै, गठबन्धन गर्ने समझदारी भएका नगरपालिका र गाउँपालिकामा मनोनयन गरिएका उम्मेदवारी पनि फिर्ता गर्ने निर्णय गठबन्धनका शीर्ष नेताहरुले गरेका छन ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा स्वतन्त्र हैंसियतमा दर्ता गरिएका निवेदन फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन पनि दिएको छ ।

यसैगरी, गठबन्धन नगरिएका स्थानीय तहहरुमा पनि स्थानीय र प्रदेश संयन्त्रले समझदारी कायम गराउन आवश्यक कार्य गर्ने निर्णय गठबन्धन दलका शीर्ष नेताहरुले गरेका छन ।

बैठकमा नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो । नेपाल टेलिभिजन

Facebook Comments