Fri. Sep 20th, 2024

सहमतिविपरीत दर्ता भएका मनोनयन फिर्ता हुन्छः गुरुङ

काठमाण्डौ, २०७९ बैशाख १३ गते मंगलबार । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताउनुभएको छ ।

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले सत्तारुढ दलहरुबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको बताउनुभयो ।

गुरुङले मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति भने नभएको बताउनुभयो । नेपाल टेलिभिजन

Facebook Comments