ग्रामथान वडा नम्बर-२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका जोगेन्द्र उराँव र जोफेस तिग्गाको दाबी
- मोरङमा चुनावको चहलपहल
-महेश भट्टराई
झोराहाट , २०७९ बैशाख ४ गते आईतबार ।
मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर -२ को वडा अध्यक्षमा दुई र वडा सदस्यका लागि ७ जनाले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दाबी गरेका छन् ।
वडा अध्यक्षमा दाबी गर्नेहरूमा जोगेन्द्र उराँव र जोसेफ तिग्गा रहनु भएको छ भने वडा सदस्यका लागि क्रमश अर्जुन गुरागाई , संन्जय ऋषिदेव , रन्जित सरदार , चन्द्रकला माझी , मन्तिदेवी सरदार , सुसिला वि।क र जलसरिया देवी सरदार रहनु भएको छ ।
आज दुई नम्बर पार्टी कार्यालय झोराहाट बजारमा नेकपा माओवादी केन्द्र गाउँपालिका पाटी कमिटीका उपाध्यक्ष जोगेन्द्र उराँवको प्रमुख आतिथ्य र वडा नम्बर-२ का अध्यक्ष जोसेफ तिग्गाको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारी सिफारिस गरेको हो ।
बैठकले वडा नम्बर दुईको वडा अध्यक्षमा जोगेन्द्र उराँव र जोसेफ तिग्गा यसैगरी वडा सदस्यका लागि अर्जुन गुरागाई , संन्जय ऋषिदेव , रन्जित सरदार , चन्द्रकला माझी , मन्तिदेवी सरदार , सुसिला वि।क र जलसरिया देवी सरदारको नाम सिफारिस गरि अन्तिम उम्मेदवारी चयनका लागि गाउँपालिकामा पठाउने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले २०७९ को स्थानीय निर्वाचनका लागि प्रचार(प्रसार , संगठन विस्तार गर्ने , वडा र गाउँपालिकाको कार्यक्रममा आ-आफ्नो ठाउँबाट चुनाव सफल पार्न तथा उम्मेदवारलाई जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको छ ।
स्थानीय निर्वाचन नजिकिँदै गर्दा यो वडामा अरू दलले उम्मेदवार सिफारिस गर्न नसकेको अवस्थामा माओवादी केन्द्रले भने उम्मेदवार सिफारिस गर्न सफल भएको छ ।