नेकपा माओवादी केन्द्रका नेता नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाण्डौं, २०७८ चैत २५ गते शुक्रबार । नेकपा माओवादी केन्द्रका नेता नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा चितवनका नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको हो।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।