Fri. Nov 15th, 2024

नेपाल बार एशोसिएशनमा सत्ता गठबन्धनका गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

काठमाण्डौं, २०७८ चैत २५ गते शुक्रबार । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको यहि चैत १९ गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनाईनु भएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ ।

आज दिउसो सकिएको मतगणना अनुसार नेपाली कांग्रेस निकट घिमिरेले ४ हजार ४ सय ७४ मत प्राप्त गर्नुभएको छ । घिमिरेसँग पराजित एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका तर्फबाट अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २ हजार ४ सय ८२ मत प्राप्त गर्नुभएको हो ।

यस्तै  नेपाल बार एशोसिएशनको इतिहासमै पहिलो पटक महिला उम्मेदवार महासचिव पदमा विजयी हुनुभएको छ । महासचिवमा अधिवक्ता अन्जिता खनाल ३ हजार ६ सय ८२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटत्तम प्रतिस्पर्धी अविवक्ता केदार प्रसाद कोइरालाले २ हजार ९ सय ८९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित हुनुभएको छ ।

निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुमा निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरुमा सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई,  बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई,  रुप सारु, सीता पौडेल, सर्मिला थापा विष्ट र भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र  सन्तोष तिवारी रहनु भएको छ ।

 २५ सदस्यीय कार्यसमितिका लागि गएको १९ मा भएको चुनावमा ७ हजार ४ सय २९ मत खसेको थियो ।

मत परिणाम घोषणा पश्चात आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नव निर्वाचित अध्यक्ष गोपाल कृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचार मुक्त, स्वच्छ, विक्रिती र विसंगती रहित बनाउन र मतदाताहरुको विश्वासलाई खण्डित हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष पदका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले निर्वाचनका क्रममा जारी गरिएका प्रतिवद्धताहरु पुरा गर्न नयाँ कार्यसमिति लाग्नु पर्ने बताउनु भयो । साथै उहाँले स्वतन्त्र र भ्रष्टाचाररहित न्यायाय निर्माणको लागि नयाँ कार्यसमितिसँग काँधमा काँध मिलाउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मत परिणामको पूर्ण विवरण

Facebook Comments