Tue. Dec 24th, 2024

मन्त्रिपरिषद् बैठकद्वारा २० वटा देशमा राजदूत नियुक्तिको सिफारिस

फाईल फोटो

काठमाण्डौं, २०७८ चैत २५ गते शुक्रबार । बिहीबार सम्पन्न मन्त्रिपरिषदको बैठकले विभिन्न देशमा रिक्त रहेका २० राजदूत नियुक्तिका लागि नाम सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।

यसैगरी नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा सुनिल पौडेललाई नियुक्ति गरिएको पनि उहाँले बताउनुभयो । मन्त्रिपरिषद्को  बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो ।

सिफारिस भएकाहरू:

बिष्णुपुकार श्रेष्ठ-  चीन

दानबहादुर तामाङ- दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल- स्पेन

बासुदेव मिश्र- श्रीलंका

मिलन तुलाधर- रूस

डिल्लीराज पौडेल- मलेसिया

शान्ता रिजाल -इजरायल

नवराज सुवेदी- साउदी अरब

घनश्याम बन्जाडे- बंगलादेश

दुर्गाबहादुर सुवेदी -जापान

निर्मलराज काफ्ले- ब्राजिल

भरतकुमार रेग्मी- अष्ट्रिया

सुशीलकुमार लम्साल – इजिप्ट

कैलाश पोखरेल- अष्ट्रेलिया

ज्योति प्याकुरेल -दक्षिण कोरिया

रामसुरज राय यादव- डेनमार्क

नरेशविक्रम ढकाल

डोरनाथ अर्याल

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नाम संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । रेडियो नेपाल

 

Facebook Comments