Fri. Sep 20th, 2024

चिनियाँ विदेशमन्त्रीसँगको वार्तामा केरुङ-काठमाण्डौ रेललाई विस्तारको प्रस्ताव गरिने

काठमाण्डौं, २०७८ चैत १२ गते शनिबार । नेपाल सरकारले प्रस्तावित केरुङ-काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिनुभयो ।

यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने महाशाखा प्रमुख शर्माले जानकारी दिनुभयो । नेपाल र चीनको सिमाना तातोपानीस्थित मैत्री पुलदेखि काठमाण्डौको माइतीघरसम्म रहेको अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारले निर्माण गरेको हो । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’को रूपमा लिइएको सो रेलमार्गको निर्माण अनुदान सहयोगमा नै गर्न नेपालले चीनलाई आग्रह गर्दै आए पनि सम्भाव्यता अध्ययनका लागि नेपालले अहिलेसम्म औपचारिक प्रस्ताव गरेको थिएन ।

गोरखापत्र अनलाईनका अनुसार सम्भाव्यता अध्ययन पूूरा भएसँगै प्रस्तावित सो रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्ने महाशाखा प्रमुख शर्माले बताउनुभयो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययनका लागि दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको थियो । भ्रमणकै क्रममा प्रस्तावित उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्ने दुई मुलुकले संयुक्त घोषणासमेत गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि हिँजो शुक्रबार दिउसो काठमाण्डौं आईपुग्नु भएको हो ।

Facebook Comments