लेटाङ घटनाका दोषीमाथि कारवाही गरिने प्रधानमन्त्री देउवाको भनाई
काठमाण्डौं, २०७८ चैत ७ गते सोमबार । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङ जिल्लाको लेटाङमा आइतबार एकजना प्रहरीको ज्यान जाने गरी भएको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गरिने बताउनुभएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले आज सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय तहको निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र निष्पक्ष रुपमा निर्वाचन गराउन सरकारले सहयोग गर्ने बताउनुभयो ।
Facebook Comments