चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक बैठक सुरु
- फोटो फिचर सहित
काठमाण्डौं, २०७८ फागुन २० गते शुक्रबार । चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसी को १३ औं समितिको ५ औं पूर्ण बैठक पैचिंगमा सुरु भएको छ ।
चीनको राजधानी शहर पैचिंगस्थित जनबृहत सभा भवनमा भव्य समारोहको आयोजना गरि आज दिउसो सो बैठकको उद्घाटन गरिएको हो । सो उद्घाटन समारोहमा सी चिनफिंग लगायतका चिनियाँ नेताहरुको उपस्थिती रहेको थियो ।
सीपीपीसीसी का राष्ट्रीय समिति का अध्यक्ष वांग यांग ले बैठक उद्घटन समारोहलाई सम्बोधन गर्नुहुँदै सन् २०२१ चिनियाँ कम्युनिष्ट पार्टी र देशको इतिहासमा असाध्यै महत्वपूर्ण रहेको छ ।
सीपीपीसीसी को राष्ट्रीय समिति र स्थाई समिति ले सी चिनफिंगको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादको विचारधाराको निर्देशनमा विशेष सल्लाहकार संस्थाको निर्माणलाई महत्व दिएको र पार्टी तथा देश विकासको कार्यमा नयाँ योगदान पुर्याएको पनि अध्यक्ष वांग यांग ले बताउनु भयो ।
वांग यांग ले अझ जोड दिँदै भन्नुभयो, सन् २०२२ मा चीन चौतर्फि ढंगले आधुनिक समाजवादी देशको निर्माणमा जुट्नेछ साथै दोश्रो शताब्दी लक्ष्य प्राप्त गर्नको लागि प्रयास गर्नेछ । यत्तिमात्र नभएर चिनियाँ कम्युनिष्ट पार्टीले २० औं कंग्रेसको आयोजना गर्ने छ । सीपीपीसीसी ले अझ राम्रोसँग कर्तव्य निर्वाह गर्दै अझ धेरै योगदान दिनेछ ।
सीपीपीसीसी चीनमा राष्ट्रीय शासन व्यवस्थाको महत्वपूर्ण अंग हो । सीपीपीसीसी ले राजनीतिक परामर्श, लोकतान्त्रिक पर्यवेक्षण र राजनीतिक सहभागिताका अतिरिक्त देश र क्षेत्रको सबै मामिलाको फैसलामा विशेष भूमिका निर्वाह गर्दछ ।
सीपीपीसीसी चीन में राष्ट्रीय शासन व्यवस्था का महत्वपूर्ण भाग है। सीपीपीसीसी राजनीतिक परामर्श, लोकतांत्रिक पर्यवेक्षण और राजनीतिक भागीदारी के जरिए देश और क्षेत्र के सभी मामलों के फैसले में विशेष भूमिका निभाती है।
यसैबीच चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रीय जनकंग्रेसको वार्षिक बैठक भोली आयोजना हुँदैछ । सीआरआई
फोटो – सिन्ह्वा