युक्रेनको गोलाबारीमा एकजना भारतीय विद्यार्थीको मृत्यु
काठमाण्डौं, २०७८ फागुन १७ गते मंगलबार । युक्रेनमा एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक विद्यार्थीको मृत्यु भएको पुष्टि गर्नुभएको हो।
गहिरो दुःखका साथ खार्किभमा भएको गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ, उहाँले ट्वीटमा लेख्नभएको छ । मन्त्रालयले परिवारका सदस्यहरूसँग सम्पर्कमा रहेको र परिवारप्रति समवेदना प्रकट गरेको उहाँले बताउनुभयो।
बागचीले गरेको ट्वीटमा विदेश सचिवले रुस र युक्रेनका राजदूतहरूसँग कुरा गर्दै भारतीय नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्नुपर्ने भारतले माग गरेको बताउनुभएको छ।
भारतीय विदेश मन्त्रालयले युक्रेनको राजधानी किभ छाड्न आफ्ना नागरिकलाई फेरि पनि अपिल गरेको छ। बीबीसी
Facebook Comments