Mon. Jul 27th, 2026

रुस र युक्रेनबीच बेलारुसमा शान्तिवार्ता सुरु

       

काठमाण्डौं, २०७८ फागुन १६ गते सोमबार । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ।

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताउनु भयो।शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गर्नुभएको थियो ।

उहाँले ईयूले तत्काल आफ्नो देशलाई सदस्यता देओस् भन्ने माग पनि गर्नुभएको छ । बीबीसी

Facebook Comments