रुसलाई स्वीफ्ट ब्याङ्किङ प्रणालीबाट अलग गरिने
काठमाण्डौं, २०७८ फागुन १५ गते आईतबार । अमेरिका, क्यानडा र ब्रिटेनसमेत आवद्ध पश्चिमा देशहरूको गठबन्धनले रुसी ब्याङ्कहरूलाई स्वीफ्ट नामक अन्तर बैंकिङ कारोबार प्रणालीबाट अलग गर्ने निर्णय गरेका छन्।
रुसविरुद्ध कडा कदमहरू चालिएको घोषणा गर्दै युरोपेली आयोगका प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु भएको बताउनु भयो ।
उहाँले रुसी ब्याङ्कहरूलाई स्वीफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गर्नुभयो।
यस्तै रुसी केन्द्रीय ब्याङ्कलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ। बीबीसी
Facebook Comments