Mon. May 25th, 2026

एक दर्जन राष्ट्रद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह

       

काठमाण्डौं, २०७८ फागुन १ गते आईतबार । पश्चिमा राष्ट्रहरूले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिएसँगै एक दर्जनभन्दा बढी राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेका छन्।

त्यस्तो आग्रह गर्ने राष्ट्रमा अमेरिका, यूके र जर्मनीसहित विभिन्न अरू देश छन्। मस्कोले युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेको छ। तर उसले आक्रमणको योजना रहेको अस्वीकार गर्दै आएको छ।

पछिल्लो टेलिफोन संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आक्रमणका कारण चुकाउनुपर्ने मूल्यबारे चेतावनी दिनु भएको थियो । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने आक्रमणको चेतावनीले त्रास बढाउन सक्ने बताउँदै आउनु भएको छ । बीबीसी

Facebook Comments