Sun. May 31st, 2026

चीन र रूसद्वारा विश्वको साझा सुरक्षाका लागि योगदान

       

काठमाण्डौं, २०७८ पुस ४ गते आईतबार । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले डिसेम्बर १७ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र रूसले निरन्तर रूपमा दुवै देशका नेताहरूको मतैक्यको अक्षरश: पालना गर्दै क्षेत्रीय र विश्वको साझा सुरक्षालाई अघि बढाउनका लागि सकारात्मक योगदान गर्दै जाने बताउनुभएको छ।

डिसेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडियो वार्ता भएको थियो। सो क्रममा दुवै देशका नेताहरूले क्षेत्रीय सुरक्षाको संरक्षण गर्ने दुई मुलुकको साझा चासोका महत्वपूर्ण विषयहरूबारे गहन रूपमा वैचारिक आदान प्रदान गरी नयाँ मतैक्य पनि प्राप्त गर्नुभएको थियो।

प्रवक्ता वाङका अनुसार, हाल विश्वमा नयाँ कोरोना महामारी फैलावट भइरहेको, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्थिति निकै जटिल र डामाडोल रहेको  अवस्थामा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का दुईवटा स्थायी सदस्य मुलुकको हैसियतले चीन र रूस दुवै देशले क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्ने र विभिन्न मुलुकको विकास र पुनरूत्थानलाई प्रबर्द्धन गर्ने सन्दर्भमा निकै महत्वपूर्ण कार्यभार बहन गर्नुपर्ने ठहर चीनले गरेको छ। सीएमजी

Facebook Comments