Sat. Sep 21st, 2024

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आज स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता भएको हो।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गत दुई दिने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन पुग्नुभएका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।

Facebook Comments