Sat. Sep 21st, 2024

प्रधानमन्त्री देउवासँग आइएमओका महासचिवको भेटवार्ता

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । प्रधानमन्त्री देउवासँग अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का महासचिव किटैक लिमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बेलायतको ग्लास्गोमा भएको सो भेटवार्तामा उहाँहरूबिच समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

त्यस अवसरमा महासचिव लिमले समुद्रसँग सम्बन्धित स्विडेन र मोल्टामा रहेका विश्वविद्यालय र इन्स्टिच्युटमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी राख्नुभएको प्रस्तावमा प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभएको थियो । रेडियो नेपाल

Facebook Comments