Sat. Sep 21st, 2024

प्रदेश १ काे मुख्यमन्त्रीमा भोजपुरका राजेन्द्र राई नियुक्त

काठमाण्डौं, २०७८ कात्तिक १६ गते मंगलबार । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भर्खरै राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम राई मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुखले सोमबार सरकार गठन गर्न आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले राईलाई मुख्यमन्त्री नियुक्त गर्न ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । सोही दाबी अनुसार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

हिंजो सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गरी मुख्यमन्त्रीबाट भीमप्रसाद आचार्यले राजीनामा घोषणा गर्नुभएको थियो। मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी रहेको छ । प्रदेश प्रमुखको कार्यालयले आजै मुख्यमन्त्रीको शपथ ग्रहणको तयारी गरेको छ ।

Facebook Comments