Fri. Sep 20th, 2024

पाकिस्तानी परमाणु बमका पिता एक्यू खानको निधन

काठमाण्डौं, २०७८ असोज २५ गते सोमबार । “पाकिस्तानी परमाणु बमका पिता” मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा मृत्यु भएको छ। उहाँ कोभिड सङ्क्रमणका कारण अस्पताल भर्ना हुनुभएको थियो ।

पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई राष्ट्रिय नायक मानिन्छ।

तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारको गोप्य जानकारी दिएको आरोप पनि लगाइन्छ। कादीर खानको निधनमा प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउनु भएको छ । “हामीलाई परमाणु हतियार राज्य बनाउन उहाँले महत्त्वपूर्ण भूमिका खेलेका कारण हाम्रो देशले उहाँलाई माया गर्छ,” खानले ट्वीट गर्नुभएको छ । बीबीसी

Facebook Comments