Fri. Sep 20th, 2024

अमानवीय रुपमा हेईटीका आप्रवासीलाई फिर्ता गरिएपछि अमेरिकी राजदूतद्वारा राजीनामा

काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार । हेइटीका आप्रवासीहरूलाई स्वदेश फिर्ता गराइएको बिषयमा प्रदर्शनहरू भएपछि उक्त देशका लागि अमेरिकी विशेष दूतले राजिनामा दिनुभएको छ ।

वरिष्‍ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीहरूलाई पुनस् हेइटी फर्काउने निर्णयलाई “अमानवीय” भन्दै एउटा आलोचनात्मक पत्र लेख्नु भएको थियो

गत सप्ताहन्त अमेरिकाले सीमावर्ती टेक्सस सहरबाट आप्रवासीहरूलाई घर फर्काउने उडानहरू सुरु गरेको थियो। आइतवारयता अमेरिकाले मेक्सिकोसँगको सीमानामा रहेको टेक्ससका शिविरहरूबाट १४ सयभन्दा धेरैलाई हेइटी फिर्ता गरिसकेको छ।

जहाँ एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको धूपमा झण्डै १३ हजार आप्रवासीहरू जम्मा भएर बसेका थिए। स्थानिय अधिकारीहरू उनीहरूलाई खानेकुरा र पर्याप्त सरसफाई सुनिश्चित गर्न सङ्घर्षरत थिए।

एएफफी समाचार संस्थाका एकजना फोटोपत्रकारले यसैसाताको सुरुमा खिचेका तस्बिरहरूले अमेरिकी दासता र अस्वेत वर्णका मानिसहरूका लागि देशको ऐतिहासिक नराम्रो व्यवहारको निर्दयी झल्को देखाएको थियो।

आफ्नो राजिनामापत्रमा विशेष दूत फुटेले हेइटी ‘असफल राष्ट्र’ भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवास र पैसाजस्ता सहायता उपलब्ध गराउन नसक्ने बताउनु भयो ।

ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले भने विशेष दूत फुटेसामु ती सरोकारहरू उठाउने पर्याप्त अवसरहरू रहेको तर पदमा हुँदा उहाँले एकपटक पनि त्यसो नगरेको बताउनु भयो ।

फुटे जुलाई महिनामा हेइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या भएयता उक्त भूमिकामा हुनुहुन्थ्यो । बीबीसी

Facebook Comments