Thu. Sep 19th, 2024

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीनजना बेपत्ता एकजना घाईते

काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् भने एकजना घाईते भएका छन् ।

गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोला (मुग्लिन बजार नजिकै) बाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशुली नदीमा खसेको हो । राजमार्गवाट करीब सय मिटर तल त्रिशुलीमा नदीमा खसेको कार नदीमा हराइ रहेको छ ।

दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनु भएको  छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका-१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ ।

Facebook Comments