Sun. Nov 24th, 2024

जाजरकोटमा जीप दुर्घटना, दुईजनाको मृत्यु छ घाइते, दुई गम्भीर

काठमाडौं, २०७८ भदौ २९ गते मंगलबार । जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताउनुभयो ।

दुर्घटनामा  मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको उहाँले बताउनुभयो । घाईतेको छ जनाको अहिले जिल्ला अस्पताल जाजरकोट लगिएको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments