Mon. Sep 23rd, 2024

कूटनीतिज्ञ ओसार्न अमेरिकी सेना काबुलमा आईपुग्यो

फाईल तस्विर

काठमाण्डौं, २०७८ साउन ३१ गते आईतबार । अफगानिस्तानमा रहेका कूटनीतिज्ञलाई ओसार्न अमेरिकी सेनाको पहिलो दस्ता काबुल विमानस्थलमा अवतरण गरेको छ । तालिबानले अफगानिस्तानको ३४ मध्ये करिब १७ प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएपछि अमेरिकाले काबुलस्थित दूताबासबाट कूटनीतिज्ञ तथा कर्मचारी ओसार्न लागेको हो ।

टोलो समाचारका अनुसार काबुलस्थित अमेरिकी दूतबासमा कार्यरत हजारौं कूटनीतिज्ञलाई सुरक्षित रुपमा अमेरिका लग्न सैन्य दस्ता काबुल आइपुगेको हो । तालिबान काबुलतर्फ अगाडि बढिरहँदा अमेरिकाले कूटनीतिज्ञ खाली गर्न तीन हजार थप सेना पठाउन लागेको छ ।

अमेरिकी राष्ट्रपति जोइ बाइडेनले शुक्रबार वरिष्ठ मन्त्रीहरुसँग अफगानिस्तानबाट अमेरिकी कूटनीतिज्ञ फिर्तापछि पर्न सक्ने असरबारे छलफल गर्नुभएको छ । उहाँले बिदेश मन्त्री एन्टोनियो ब्लिन्कन, अर्का मन्त्री अष्टिन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग छलफल गर्नुभएको व्हाइट हाउसले ट्वीट गर्दै जानकारी गराएको हो । गोरखापत्र अनलाईन

Facebook Comments