Fri. Nov 15th, 2024

चार जना पूर्वमाओवादी नेताको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार । सर्वोच्च अदालतले पूर्व माओवादीका चारजना सांसदको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाकाे  इजलासले साे आदेश गरेकाे हाे ।

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रदेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहको सांसद पद पुनर्वहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताउनुभयाे । एमालेका चार पूर्वनेताले आफूहरु माओवादीमा हुँदाको सांसद पद पुनर्वहाली गरिपाउ भन्दै यही साउन १३ गते सर्वोच्चमा चारै जनाले छुट्टाछुट्टै रिट दर्ता गर्नुभएको थियो ।

Facebook Comments