Tue. Apr 30th, 2024

जङ्गली च्याउ खाँदा इलाममा बाबु छोराको ज्यान गयो

काठमाण्डौं, २०७८ साउन १० गते आईतबार । जङ्गली च्याउको तरकारी खाँदा इलामको फाकफोकथुममा बाबु-छोराको ज्यान गएको छ।ज्यान गुमाउनेमा फाकफोकथुम-१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उहाँका छोरा १२ वर्षीय दिवस लिम्बु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार गएको साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको हो । रे न्यूज डेली

Facebook Comments