Sun. Apr 28th, 2024

कोरोनाबाट १६ जनाको मृत्यु, २ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डौं, २०७८ साउन ९ गते शनिबार । कोरोना संक्रणमबाट पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा २ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको बताईएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ६५२ जनामा आरटी पिसिआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट हालसम्म ९ हजार ६ सय ९५ जनाको मृत्यु भैसकेको छ ।

Facebook Comments