Sat. Apr 27th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा तिब्बतको उच्च गुणस्तरीय विकासमा जोड

काठमाण्डौं, २०७८ साउन ९ गते शनिबार । तिब्बतको शान्तिपूर्ण मुक्तिको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङ तिब्बत पुगेर शुभकामना दिनुका साथै तिब्बतका विभिन्न जातीय सरकार अधिकारी र जनताहरूलाई घनिष्ट रूपमा भेटघाट गर्दै भलाकुसारी गर्नुभएको छ।

तिब्बतको शान्तिपूर्ण मुक्ति  मनाउनका लागि सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ सैन्य आयोगको अध्यक्षको रूपमा यो तिब्बत भ्रमण नै चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रको इतिहासमा पहिलो पटक हो।

सो भ्रमणमा सी चिनफिङले तिब्बत शान्तिपूर्ण मुक्ति भएको ७० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा र सम्पूर्ण चिनियाँ जनताको समर्थन तथा तिब्बतका विभिन्न जातीय अधिकारीको प्रयासमार्फत तिब्बतको सामाजिक प्रणाली र अर्थतन्त्र ऐतिहासिकरूपमा विकास हुनुका साथै जनताको जीवन तथा गाउँ र शहरको अवस्थामा सुधार आएको कुरा व्यक्त गर्नुभयो।

तिब्बतको उच्च गुणस्तरीय विकास, तिब्बतको स्थिरता तथा वातावरणको संरक्षण तथा सीमा क्षेत्रको निर्माणलाई बलियो बनाउनुपर्ने बताउँदै सीले पठारको विकासका लागि नयाँ प्रगति ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ। सीआरआई

Facebook Comments