Tue. May 7th, 2024

कोरोना भाइरसको उत्पत्तिबारे थप अनुसन्धान गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार

काठमाण्डौं, २०७८ साउन ८ गते शुक्रबार । कोभिड-१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको प्रस्ताव चीनले अस्वीकार गरेको छ। विश्व स्वास्थ्य संगठनले गत हप्ता प्रस्तुत गरेको चीन लक्षित कोभिड-१९ को उद्गम खोजी सम्बन्धी दोस्रो चरणको योजनामा वुहान समुद्री बजारको अनुसन्धान र वुहान भाइरस अनुसन्धानालय लगायतका अनुसन्धान संस्थाहरूको लेखा परिक्षण पनि समावेश छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख चङ यीसिनले २२ तारिख आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभए अनुसार, त्यस योजनामा चीन प्रयोगशालाको नियम उल्लंघन गरिएको कुराबाट भाइरस चुहिएको भनाईलाई अनुसन्धानको मुख्य विषयमध्येको एक बनाइएको छ। त्यस दृष्टिबाट हेर्दा सो योजनाबाट सामान्य ज्ञानको सम्मान नगरेको र विज्ञानप्रति निकै घमण्डी धारणा लिएको प्रतिबिम्बित गरिएको छ। यसर्थमा चीनले त्यस योजनालाई स्वीकार गर्ने सम्भावना पटक्कै छैन। सीआरआई

Facebook Comments