भाइरस उत्पत्तिको सिद्धान्त र विज्ञान क्षेत्रबारे भारतीय द हिन्दूको टिप्पणी
काठमाडौं, २०७८ असार २३ गते बुधबार । सार्स-कोभ-२ र कोभिड -१९ महामारीको कारण बनेको भाइरसको उत्पत्तिबारे विश्वव्यापी रूपमा चर्को बहस भइरहेका बेला वुहान इन्स्टिच्युट अफ भाइरोलोजी यस्ता भ्रम चिर्न अग्रसर भएको एक भारतीय संचारमाध्यम लेखेको छ। वुहानको एक अग्रणी कोरोनाभाइरस अनुसन्धान केन्द्र भएको नाताले प्रयोगशालाहरूमा सिर्जना गरेर गोप्य रूपमा भाइरस फैलाउन जिम्मेवार रहेको आरोप विभिन्न समूहले लगाइहेका छन्।
भारतीय संचार द हिन्दूका अनुसार वुहान इन्स्टिच्यूटको वेवसाइटबाट हराएको भनिएका कागजातका रिपोर्टहरूदेखि लिएर सन् २०१२ मा खानीमा फेला परेको भाइरसको पुन: नामकरण वा पुन: नम्बर सम्मको प्रमाणबाट देखाउँछ कि यो सार्स कोभ-२ को निकटतम पूर्वज हो। सन् २०१९ मा वुहान इन्स्टिच्यूटमा रहस्यमय रूपमा बिरामी भेटिएको भन्ने काल्पनिक कथ्यका आधारमा महामारीको लागि चीन जिम्मेवार छ भन्नेहरूले ठूलो समर्थन पाएका छन्, तर कठोर वैज्ञानिक अनुसन्धानमा प्रमाणहरूको अभाव छ।
दोस्रो परिकल्पना यो छ कि भाइरस एक प्राकृतिक चुहावटका माध्यमबाट देखा पर्यो, जहाँ चमेराले कुनै प्रजाति वा कुनै जनावरमार्फत् मानिसमा सारेको हो। नयाँ भाइरल संक्रामक रोगहरू, चाहे यो एचआईभी/एड्स, इबोला, मध्य पूर्व श्वसन सिन्ड्रोम (एमईआरएस) वा निपाह होस्, सबै जनावरका भाइरसको चुहावटबाट मानवमा उत्पन्न भएका छन्। कोभिड -१९ का शुरुआती घटनाहरू पशु बजारहरूसँग सम्बन्धित थिए भनेर गरिएका परिकल्पनामा पनि अहिलेसम्म कुनै ठोस प्रमाण भेटिएको छैन।
कुनै पनि परिकल्पनाको वैज्ञानिक प्रमाण पत्ता लगाउनु भनेको पुरातत्वविद्को रूपमा चुनौतीपूर्ण काम भएको टिप्पणी गर्दै द हिन्दूले लेखेको छ, ‘कुनै पुरानो सभ्यताको अस्तित्वमा साना सूक्ष्म संकेतहरूको आशामा सयौं मिटर ढुंगा माटोको सतह खन्नुजस्तै हो।’
सो संचारमाध्यमका अनुसार वैज्ञानिक अनुसन्धान तथा भाइरल नमूनाहरूको वर्गीकरण जस्ता विषयलाई राजनीतिकरणले विज्ञानलाई पन्छाएको देखिएको छ।
यसैबीच एक मात्र समाधान भनेको चीनसँग सहकार्य गर्नु र अनुसन्धानको निष्कर्षमा पुग्नु अपहरिहार्य भएकोमा द हिन्दुले जोड दिएको छ। विश्व स्वास्थ्य संगठनले भाइरसको उत्पत्तिबारे अनुसन्धान गरेपनि प्रयोगशाला चुहावटको सिद्धान्तलाई थोरै मात्र संभाव्य भनेर बताएको छ। यसको आलोचना गरिएपनि महामारीको प्रारम्भिक चरणमा प्रमाण नभेटिएकाले अर्को चरणको लागि थुप्रै अध्ययन गर्न सुझाव दिएको थियो। सीआरआई