Sun. Nov 24th, 2024

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी को महत्वपूर्ण सम्बोधन

काठमाडौं, २०७८ असार २२ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका विभिन्न राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन आज तारिख भिडियामार्फत आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एबम राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ ।

सो सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना भएको महत्वपूर्ण बहुपक्षीय कुटनीतिक कार्यक्रम हो। १६० वटा भन्दा बढी मुलुक र ५०० वटा भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरु,दश हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएका छन्। यस सम्मेलनको मुख्य विषय जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार हो।

आफ्नो सम्बोधनमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष सी चिन फिङले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न , जनताको आवाज सुन्नुपर्ने र विभिन्न देशहरूलाई मानवजातिको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान गर्नुभयो।

सी चिन फिङले भन्नुभयो कि मानव सबै पूर्ण छन् र पृथ्वी एउटा घर हो। साझा चुनौतीहरूको सामना गर्दै, कोही पनि वा कुनै पनि देशले एक्लोपनको सामना गर्नु नपर्ने बताउनुभयो। उहाँले “घरेलु प्रथम”मा, संसार सानो छ र त्यहाँ सँधै “कडा प्रतिस्पर्धा” हुन्छ भन्दै साझा गन्तव्य साझेदारीको दृष्टिकोणबाट विश्व विशाल छ र जताततै सहयोगका अवसरहरू छन् भन्ने कुरा औंल्याउनुभयो।

सी चिनफिङले विभिन्न मुलुकबीचको इतिहास, सँस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्य विभिन्न मुलुकका जनताको साझा लक्ष्य हो भन्दै राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनुपर्छ साथै मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्याउनुपर्ने दोहोर्याउनुभयो।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार विकास नै विश्वका विभिन्न मुलुकको अधिकार हो भने केही मुलुकको विशेष अधिकार हो। राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै विश्व विकासको निष्पक्षता, प्रभावकारिता, र तालमेललाई उकास्नुपर्छ। साथै प्रविधिले नाकाबन्दी,वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुराको संयुक्त रुपमा विरोध गर्नुपर्छ।

सी चिन फिङले भाषणमा औंल्याउनुभयो कि राजनीतिक दलहरूले सहकार्यलाई सुदृढ पार्ने जिम्मेवारी वहन गर्नुपर्दछ र विश्वव्यापी जोखिम र चुनौतीहरू सामना गर्न मिलेर काम गर्नुपर्दछ।

सी चिन फिङले नयाँ कोरोना भाइरस महामारीको सामना गर्नुपर्दा विभिन्न देशका राजनीतिक दलहरूले सहकार्य गर्नुपर्ने, महामारीको राजनीतिकरणको विरोध गर्नुपर्ने र मानव स्वास्थ्य समुदायको निर्माणलाई संयुक्त रुपमा अघि बढाउनुपर्ने भन्दै आतंकवाद लगायत अन्य क्षेत्रमा मानव जातिको शत्रुको सामनामा राजनीतिक दलहरूले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

सी चिनफिङले प्रजातन्त्रका विभिन्न तरिका छन् तर एकै मात्र होइन भन्दै एक देशमा प्रजातन्त्र छ कि छैन भन्ने कुरा सो मुलुकका जनताले मूल्याङ्कन गर्नुपर्छ तर  अन्य कुनै मानिसले निश्चित गर्नुहुँदैन भन्ने कुरामा जोड दिनुभयो। सीले राजनीतिक दलले प्रशासन सुधार गर्ने जिम्मेवार लिएर जनतालाई सुखमय जीवन प्रदान गर्ने क्षमता बढाइरहनुपर्ने बताउनुभयो। सुखमय जीवन पुग्ने बाटो पनि फरक हुन्छ भने विभिन्न मुलुकका जनतालाई आफ्नो विकासको बाटो र प्रणाली छान्ने अधिकार रहेको पनि सीले उल्लेख गर्नुभयो। सी चिनफिङले विभिन्न पक्षले आदान-प्रदानलाई बढाएर देशको अवस्थासँग अनुकूल रहने प्रजातान्त्रिक राजनीति निर्माणलाई बढाउनुपर्ने पनि बताउनु भयो ।

सीका अनुसार अन्तर्राष्ट्रिय परिपाटी विश्वका विभिन्न मुलुकद्वारा संयुक्त रुपमा स्वीकार गरिएको परिपाटी हुनुपर्छ। मुलुक मुलुकबीचको सहयोग पूर्ण मानव जातिका लागि सेवा गर्ने सिद्धान्तमा आधारित हुनुपर्छ। विभिन्न मुलुकले संयुक्त रुपमा प्रभूत्ववादको विरोध गर्नुपर्छ। चीन सधैं नै विकासोन्मुख  मुलुकमध्ये एक हो भने निरन्तर रुपमा अन्तर्राष्ट्रिय व्यवस्थापन प्रणालीमा विकासोन्मुख मुलुकको प्रतिनिधित्व र आवाज अधिकारलाई उकास्न प्रयास गर्दै जाने छ।

सी चिन फिङले आधुनिकीकरणको लागि कुनै निश्चित मोडेल नभएको बताउँदै आफ्नो लागि सबैभन्दा उपयुक्त जे छ त्यो राम्रो छ। स्वतन्त्र रूपमा आधुनिकीकरणको मार्ग पत्ता लगाउन प्रत्येक देशको प्रयासलाई सम्मान गर्नुपर्नेमा  उहाले जोड दिनुभयो।

सी चिनफिङले भन्नुभयो “चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटो अपनाएको छ भने इतिहास र अभ्यासले अगाडि प्रमाणित गरेको छ कि यसबाट सही र स्थिर तथा राम्रोसँग हिँड्न सकिनेछ।” यस उज्यालो बाटोमा अडिग रहेर आफू र विश्वलाई फाइदा पुर्याउने पनि सीले बताउनुभयो।

“चिनियाँ कम्युनिष्ट पार्टीले ठूलो मुलुकको ठूलो पार्टीको कर्तव्य बहन गर्दै मानव जातिको लाभका लागि नयाँ योगदान सिर्जना गर्नेछ। गरिबीको न्युनिकरण नै विभिन्न मुलुकका जनताको साझा इच्छा हो भने विभिन्न मुलुकका राजनीतिक पार्टीद्वारा प्रयास गर्ने महत्वपूर्ण लक्ष्य हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि यता चीनले वर्तमान मापदण्डमा ९ करोड ८९ लाख ९० हजार गरिब जनसंख्यालाई गरिबीबाट मुक्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीले मानव जातिको गरिबी न्युनिकरण प्रगतिमा अझ बढी चीनको उपाय तथा शक्ति सिर्जना गर्दै जाने छ।” सी चिनफिङले भन्नुभयो । सीआरआई

Facebook Comments