Fri. Sep 20th, 2024

निर्वाचनलाई ७ अर्ब ७२ करोडको अर्थ मन्त्रालयको सहमति

काठमाडौं, २०७८ असार १९ गते शनिबार ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई रु. ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने बताइएको छ ।

स्रोतका अनुसार २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको हो ।

Facebook Comments