Fri. Sep 20th, 2024

कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङका न्यायाधीश पौडेलको निधन

काठमाडौं, २०७८ जेठ २१ गते शुक्रबार । कोरोना भाइरस संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।  ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज बिहान उहाँको निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उहाँलाई आजै एयर एम्वुलेन्स मार्फत थप उपचारको लागि भारत लैजाने तयारी गरिएको थियो ।

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङमा कार्यरत हुनुहुन्थ्यो ।

पौडेल वाल्यकालदेखि नै अध्ययनमा पोख्न हुनुहुन्थ्यो । उहाँका नजिकका आफन्तजनले बताए अनुसार पौैडेल परिवार एउटा  शिक्षित परिवारमा गनिन्छ ।

प्राप्त जानकारी अनुसार उहाँको दाजुकोे दुइ साता अघिमात्र निधन भएको थियो । झापा जिल्लामा स्थायी वसोवास गर्दै आउनु भएका न्यायाधिस पौडेलका साँइला दाजु पनि उच्च अदालत बुटवलका न्यायाधिस हुनुहुन्छ ।

Facebook Comments