Sat. May 18th, 2024

कोरोना विरुद्ध सहयोग आउने क्रम जारी

काठमाडौं, २०७८ जेठ २१ गते शुक्रबार । कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न विभिन्न मित्रराष्ट्र मुलुकबाट नेपालमा चिकित्सा तथा स्वास्थ्य सहयोग आउने क्रम जारी रहेको छ । सो क्रममा बिहीबार जापान सरकारले विभिन्न चिकित्सा उपकरण सहयोगस्वरूप पठाएको सामग्री नेपाल आइपुगेको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार जापान सरकारका तर्फबाट १६० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको हो ।

मन्त्रालयका अनुसार जापान सरकारको सहयोगमा आएको २५ थान ब्लड ग्यास एनलाइजर, २५ थान अल्ट्रासाउन्ड मेसिन नेपालमा जडान भइसकेका छन् । त्यस्तै जापान सरकारले अनुदानमा दिने छवटा एम्बुलेन्स चाँडै आइपुग्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । नेपाल सरकारले कोभिड महामारीको सङ्कटमा जापान सरकारको निरन्तर सहयोगका लागि धन्यवाद प्रकट गरेको छ । गोरखापत्र अनलााईन

 

Facebook Comments